

काठमाण्डु, २३ पुस– सत्तारुढ नेकपाको प्रचण्ड–नेपाल समूहले ओली समूह समर्थित प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईसँग स्पष्टीकरण मागेको छ ।
मुख्यमन्त्री राईसहित ८ जनासँग प्रष्टीकरण सोधिएको सो समूहका उप–नेता टंक आङ्बुहाङले जानकारी दिए । स्पष्टीकरण चित्तबुझ्दो नभए राईलाई निश्कासनसम्मको कारबाही गरिने चेतावनी दिए ।
हो । पार्टी विधानविपरीत काम गरेको तथा संसदीय दल बैठकमा अनुपस्थित रहेको भन्दै उक्त समूहले राईसँग २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको छ ।
राईसँगै आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ, संसदीय दलको प्रमुख सचेतकबाट हटाइएका वुद्धिकुमार राजभण्डारी, प्रदेशसभा सदस्यहरु इन्द्रमणि पराजुली, विमल कार्की र अम्बिका थापालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
यसअघि ओली समूहले राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको आरोपमा प्रचण्ड–नेपाल समूहका १६ सांसदलाई तीन महिनाका लागि निलम्बन गरेको थियो । प्रचण्ड–नेपाल समूहले भने १५ पुसमै राईलाई हटाएर भीम आचार्यलाई संसदीय दलको नेच ाचयन गरिसकेको छ ।