शीतलनिवास पुगे प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०७७ मंसिर ३० गते २०:३५ मा प्रकाशित

-bidhya काठमाण्डु, ३० मंसिर– प्रधानमन्त्री केपी ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् ।

संवेधानिक परिषदसम्बन्धी अध्यादेश राष्ट्रपतिले जारी गरेलगत्तै ओली शीतलनिवास गएका हुन् । मन्त्रिपरिषद बैठकमा एजेण्डै नरहेको अध्यादेश मंगलबारको मन्त्रिपरिषदको निर्णयमा घुसाइएको थियो । अध्यादेशबारे सत्तारुढ नेकपाले समेत आपत्ति जनाएको छ ।

काँग्रेसले संसद अधिवेशन बोलाउनुपर्नेमा अध्यादेशबाट मुलुक चलाउन खोजिएको भन्दै बुधबार केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us