गण्डकी, ४ मङ्सिर- कास्की प्रदेश क्षेत्र नं ३ (क) मा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत २५ योजना छनोट भएका छन् । प्रदेश सभासदस्य रामजीप्रसाद बरालको संयोजकत्वमा सम्पन्न बैठकले सानाठूला गरी योजना छनोट गरेको हो । कृषि, पर्यटनलगायत क्षेत्र समेटिने गरी रु दुई करोडको बजेटका लागि योजना छनोट गरिएको प्रदेशसभा सदस्य बरालले बताए ।
छनोट योजनाको निर्माणलाई अघि बढाउन उपभोक्ता समिति गठन गर्र्नुपर्नेमा उनले जोड दिए । पूर्वाधार विकास कार्यालय कास्कीका डिभिजन प्रमुख दिनेश घिमिरेले आउँदो पुसभित्र सबै योजना कार्यालयसँग आवश्यक प्रक्रिया मिलाएर सम्झौता गर्नुपर्ने बताए ।-रासस