दैलेख,१२ जेठ– शनिबार दैलेखबाट स्वाब संकलन गरेर पठाइएका सात जनाको कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ । यसअघि एक जनाको कोरोना पुष्टि भइसकेको छ ।
यससँगै दैलेखमा संक्रमितको संख्या ८ पुगेको छ । संक्रमित सबै भारतबाट आएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखका प्रमुख निरञ्जन पन्थले जानकारी दिए ।
किट अभाव
दैलेखमा आरडिटी र पिसिआर दुवैका किट अभाव देखिएको छ । भारतबाट जिल्ला भित्रिनेको संख्या दैनिक हजार हुन थालेपछि परीक्षण गर्ने किट सकिएको जिल्ला स्वास्थ्य खोप अधिकृत थिरप्रसाद रेग्मीले बताए ।
सबैको अन्यत्र कोही कसैसँग सम्पर्क भए नभएका बारेमा व्यापक खोजी शुरु गरिने जनाइएको छ ।