नेपालगञ्जमा थप एक जनामा कोरोना पुष्टि

काठमाण्डु टुडे २०७७ वैशाख २६ गते १७:३५ मा प्रकाशित

काठमाण्डु, २६ वैशाख– बाँकेको नेपालगञ्जमा पुनः एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

शुक्रबार १६ वर्षका किशोरमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भेरी अस्पतालमा गरिएको नमुना परीक्षणमा उनमा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

यसअघि नेपालगञ्जमा गत शुक्रबार एक जना, आइतबार १५ जना र सोमबार ७ जनामा कोरोना पुष्टि भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us