काठमाण्डु र ललितपुरमा एक/एक जनाको मृत्यु

काठमाण्डु टुडे २०७७ वैशाख १९ गते १७:५१ मा प्रकाशित

काठमाण्डु, १९ वैशाख– काठमाण्डु र ललितपुरमा एक/एक जना मृत फेला परेका छन् ।

काठमाण्डुको स्वयम्भूमा डेरा गरी बस्ने ५५ वर्षीय कृष्णबहादुर तामाङ बिहीबार आफ्नै डेरामा मृत फेला परेका हुन् । नागार्जुन नगरपालिका–५ छकडोलका स्थायी बासिन्दा तामाङ काठमाण्डु महानगरपालिका–३५ स्वयम्भूस्थित कारखाना चोकमा रहेको डेरामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

यस्तै ललितपुरको गोदावरी नगरपालिका–३ नयाँबाटोमा एक महिला मृत फेला परेकी छन् । उनी जस्ताको टहरोमा बस्दै आएकी थिइन् । रुकुम घर बताउने गरेकी मृतकको परिचय र ठेगाना स्पष्ट नभएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us