महेश बस्नेत र सर्वेन्द्र खनाललाई अपहरण मुद्दा नलाग्ने !

काठमाण्डु टुडे २०७७ वैशाख १६ गते १७:१८ मा प्रकाशित

काठमाण्डु, ६ वैशाख– जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुले नेकपा सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध उजुरी दर्ता गर्न अस्वीकार गरेको छ ।

जनता समाजवादी पार्टीका नेताहरु उनीहरु तीनजना विरुद्ध जाहेरी लिएर सरकारी वलिक कार्यालय पुगेका थिए । महानगरीय प्रहरी परिसर काठमाण्डुले पनि केही दिनअघि जाहेरी लिन अस्वीकार गरेको थियो ।

 

सरकारी वकिलको कार्यालयका प्रमुख हरिप्रसाद रेग्मीले उजुरी दर्ता हुन नसक्ने भन्दै फर्काइदिएका थिए ।
सांसद बस्नेत र श्रेष्ठ तथा पूर्वप्रहरी प्रमुख खनालले पार्टी फुटाउने प्रयोजनका लागि तत्कालीन समाजवादी पार्टीका सांसद एवं पूर्वराज्यमन्त्री डा. सुरेन्द्र यादवलाई १० वैशाखको राति महोत्तरीबाट अपहरण गरेर काठमाण्डु ल्याएको आरोप जसपाले लगाएको छ ।

पहिला अपहरण भएको होइन भनेका सांसद यादव अहिले आफैं उजुरी लिएर प्रहरी र वकिल कार्यालय गएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us