चीनले संसारलाई ‘डुबाएको’ ट्रम्पको आरोप

काठमाण्डु टुडे २०७७ वैशाख १६ गते १०:०९ मा प्रकाशित

काठमाण्डु, १६ वैशाख– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड–१९ं) महामारीलाई लिएर चीनबारे गम्भीर छानबिन भइरहेको बताएका छन् ।

उनले कोभिड–१९ बारे चीनको प्रतिक्रियाको अमेरिकाले गम्भीर छानबिन गरिरहेको बताए ।

ह्वाइट हाउसमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले आफ्नै देशमा रोक्न सकिने भाइरसबारे संसासरलार्इं गुमराहमा राखेर चीनले संसारलाई ‘डुबाएको’ टिप्पणी गरे ।

उनले चीनका कारण संसार दुःखी भएको आरोप समेत लगाए । ‘यो भाइरस जहाँबाट सुरु भयो त्यहीं रोक्न सकिन्थ्यो’, ट्रम्पले भने, ‘आज चीनका कारण संसार दुःखी छ, हामी पनि खुसी छैनौं ।’

चीनले संसारलाई बचाउन सक्ने अवस्था भए पनि त्यसो नगरेको भन्दै उनले आक्रोश व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us