घर फर्किए १२ कोरोना संक्रमित

काठमाण्डु टुडे २०७७ वैशाख १३ गते १९:२७ मा प्रकाशित

काठमाण्डु, १३ वैशाख– चितवनको भरतपुर अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड–१९) संक्रमति युवक शनिबार उपचारपछि डिस्चार्ज भएका छन् ।

यो सँगै नेपालमा कोभिड–१९ जितेर घर फर्कनेको संख्या १२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले २७ वर्षीय पुरुष शनिबार निको भएर घर फर्किएको बताए । अब ३७ संक्रमित अस्पतालमा छन् ।

हालससम्म ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि शुक्रबार मात्र बागलुङकी १९ वर्षीया किशोरी उपचारपछि निको भएर घर फर्किएकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us