लकडाउनबारे सुझाव दिन रेग्मी नेतृत्वमा टोली गठन

काठमाण्डु टुडे २०७७ वैशाख १३ गते १७:४८ मा प्रकाशित

काठमाण्डु, १३ वैशाख– सरकारले लकडाउन मोडालिटी तयार पार्न एक समिति गठन गरेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले मुख्यसचिव लोकदर्शन रेग्मीको नेतृत्वमा समिति गठन गरेको हो ।

समितिलाई लकडाउनको अन्तर्राष्ट्रिय अनुभवसमेतका आधारमा प्रतिवेदन दिन भनिएको छ । शुक्रबारको मन्त्रिपरिषद बैठकले लकडाउन मोडालिटीबारे अध्ययन प्रतिवेदन तयार गर्न समितिका संयोजक ईश्वर पोखरेललाई जिम्मेवारी दिएको थियो ।

स्रोतका अनुसार समितिले संक्रमणको जोखिम कम भएका स्थानमा विस्तारै लकडाउन हटाउँदै जान उपयुक्त हुने सुझाव दिने तयारी गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us