पोखरा, ३ वैशाख– -यापिड डाइग्नोस्टिक टेस्टका क्रममा पोजेटिभ रिपोर्ट देखिएको पोखराकी एक महिलामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएन ।
बुधबार दिउँसो गरिएको -यापिड टेस्टमा कोरोना पोजेटिभ देखिए पनि पीसीआरमा नेगेटिभ रिपोर्ट आएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले पिसिआर मेसिनमा जाँच गर्दा ती महिलाको रिपोर्ट नेगेटिभ आएको बनाए । ती महिला छोरी भ्टेन गएर चार साताअघि नेपाल फर्किएकी थिइन् ।