स्पेनमा कोरोना संक्रमितको संख्या घट्दै

काठमाण्डु टुडे २०७६ चैत २३ गते २०:१७ मा प्रकाशित

काठमाण्डु, २३ चैत– स्पेनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या घटेको छ ।

आइतबार लगातार तेश्रो दिन संक्रमितको संख्यामा उल्लेख्य कमी आएको छ । स्पेनमा संक्रमितको संख्या १ लाख ३० हजार ७ सय नाघेको छ । यस्तै मृतकको संख्या १२ हजार ४ सय १८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट स्पेनमा ६ सय ७४ जनाको ज्यान गएको छ । यो गत २६ मार्च यताकै दैनिक मृत्यु हुनेको सबैभन्दा कम संख्या हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us