
काठमाण्डु , ३१ भदौ — काठमाण्डु उपत्यका सडक विस्तार आयोजनाले चावहिल–जोरपाटी–बाग्मती सडक खण्डको निर्माणमा ढिलाइ गरेको भन्दै स्पष्टिकरण मागेको छ ।
चावहिल–जोरपाटी–साँखु सडकको चावहिल–जोरपाटी–बाग्मती खण्डको काम ढिलाइ गरेको भन्दै आयोजनाले ७ दिनभित्र स्पष्ट जवाफसहित युनाइटेड विल्डर्स एण्ड इञ्जिनियर्स प्रालीलाई कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो ।चावहिलदेखि बाग्मती पुलसम्मको सडक विस्तारको लागि युनाइटेड विल्डर्स प्रालीसँग २०७२ सालको असोज १३ गते सम्झौता भएको थियो ।
टक–पटक म्याद थप्दा पनि सडक पूरा नभएपछि अन्तिम पटकलाई भन्दै आउँदो मंसिरसम्म काम पूरा गर्ने सहमति भएको थियो । तर सडकमा अहिले भैरहेको काम, कामदार, मेसिन र आवश्यक सामग्री हेर्दा मंसिरसम्म पनि निर्माण नसकिने देखिएको सडक विस्तार आयोजनाले जनाएको छ ।
हिले भैरहेको निर्माणलाई बाँकी समयभित्रै काम सक्ने स्पष्ट आधारसहित ७ दिनभित्र उपस्थित हुन निर्देशन दिइएको आयोजनाले जनाएको छ ।