
काठमाण्डु,३१भदौ–प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले अंग्रेजी, हिन्दी र गुजराती गरी ३ वटा भाषामा प्रधानमन्त्री मोदीलाई जन्म दिनको शुभकामना दिएका हुन् ।
प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत मोदीलाई जन्मदिनको शुभकामना व्यक्त गर्दै राम्रो स्वास्थ्य, सुखी जीवन र दीर्घ आयुका लागि कामना गरेका छन् ।