सिंहदरबारबाट पक्राउ परेका सबै पत्रकार रिहा

काठमाण्डु टुडे २०७६ भदौ ३० गते १९:१९ मा प्रकाशित

काठमाण्डु, ३० भदौ– रेडियो नेपालको दिपायल प्रसारण केन्द्रबाट हटाइएका पत्रकार तथा कर्मचारीको पुनर्बहाली माग गर्दै धर्नामा बसेका बेला सिंहदरबारबाट पक्राउ परेका सबै ९ जनै पत्रकार रिहा भएका छन् ।

नेपाल पत्रकार महासंघको नेतृत्वमा बर्खास्तीमा परेकाको बहाली माग गर्दै रेडियो नेपालमा धर्ना बस्न गएका उनीहरुलाई सोमबार अपराह्न पक्राउ गरिएको थियो । पक्राउ पर्नेमा पत्रकार महासंघका सचिव रामप्रसाद दाहाल, केन्द्रीय सदस्य जन्मदेव जैसी, यम बिरही, मिन बम, दिलीप पौडेल तथा नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवोकोटीलगायत थिए ।

उनीहरुलाई सिंहदरबारबाट पक्राउ गरेर दुई घण्टा महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us