
एजेन्सी– साउदी अरबको सरकारी तेल कम्पनी अरामकोको दुई ठूला तेल प्रशोधन स्थलमा ड्र«ोन आक्रमण भएको छ । साउदी सरकारीको स्थानीय मिडियाका अनुसार दुई प्रशोधन स्थलमा भीषण आगलागी भएको हो । संसारकै सबैभन्दा विशाल तेल प्रशोधन स्थलमा आगलागी भएको भिडियोमा आगोको लप्का र धुवाँ देखिएको छ ।
दोस्रो ड्रोन आक्रमणका कारण कुरिसमा रहेको तेलखानीमा पनि आगा लागे पनि त्यसलाई नियन्त्रणमा लिइएको जनाइएको छ । इरान निकट यमनका विद्रोही हुथी समूहका एक प्रवक्ताले सो आक्रणका लागि एउटा ड्रोन प्रयोग गरेको बताएका थिए । बेरुतमा रहेको हुथी समूहको अल मसिरा टिभीमा ती प्रवत्ताले थप आक्रमण हुन सक्ने बताए । आक्रमण कसले ग¥यो भन्नेबारे साउदी अरबले बोलेको छैन ।
साउदी प्रेस एजेन्सीका अनुसार औद्योगिक सुरक्षा बलको टिमले स्थानीय समयअनुसार बिहान चार बजेदेखि नै आगो निभाउन सुरु गरेका थिए ।
साउदीको पूर्वी प्रान्त दहरानबाट ६० किलोमिटर दक्षिण पश्चिममा बकिक रहेको छ । त्यहाँबाट २०० किलोमिटर टाढा सुरैस छ । बकिकमा तेल प्रशोधन हुन्छ । जहाँ प्रतिदिन ७० लाख ब्यारल काचो तेल उत्पादन हुन्छ । यो विश्वको सबैभन्दा ठूलो कच्चा तेलको स्ट्याबिलाइजेसन प्लान्ट हो ।
सन् २००६ मा बकिकमा अलकायदाको आत्मघाती आक्रमणलाई साउदी सुरक्षा बलले विफल बनाइदिएको थियो । खुरैसमा २००९ बाट तेल प्रशोधन सुरु गरिएको हो । यो देशको दोस्रो ठूलो प्लान्ट हो ।
सो प्लान्टमा प्रतिदिन १५ लाख ब्यारेल कच्चा तेल उत्पादन हुने दाबी गरिएको छ । २० अर्ब ब्यारेल बढी तेल रिजर्भ छ । विश्व तेल बजार सप्ताहन्तरका कारण बन्द छ । जसका कारण तेलको मूल्यमा तत्काल असर नपर्ने आशंका गरिएको छ ।
राजा सलमानका छोरा राजकुमार मोहम्मद बिन सलमानको आर्थिक सुधारको नीतिअनुसार देशको अर्थ व्यवस्थाको तेलमाथिको निर्भरतालाई कम गर्न अरामकोको छिट्टै आईपीओ लन्च गर्ने तयारी रहेको थियो ।