गाउँपालिकाको गाडीमा आगजनी

काठमाण्डु टुडे २०७६ भदौ २९ गते १०:४१ मा प्रकाशित

सल्यान , २९ भदौ — सल्यानको शिद्द कुमाख गाउँपालिकाको गाडीमा आगजनी भएको छ। गाउँपालिकाको आफ्नै कार्यालय अगाडि पार्किङ गरि राखिएको गाडीमा राति साढे ११ बजे आगजनी भएको स्थानीयले बताएका छन्। गाडी जलेर पूर्ण रुपमा क्षति भएका स्थानीय शिक्षक धर्मराज घर्तीले बताए।टाटा कम्पनीको रा १ झ १०७० नम्बरको डबलक्याप स्कारपियो गाडी ३७ लाख ३० हजार मुल्यमा खरिद गरेको गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चलाउनेले जानकारी दिए।

गाडीमा आगजनी गर्ने पक्षको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए। उनले प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको बताए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us