
काठमाण्डु , २९ भदौ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि नेपालगञ्ज विमानस्थलमा विमानभित्रै केही युवाहरुले अभद्र व्यवहार गरेका छन् । कैलाली जिल्लाको टिकापुरमा आयोजना भएको डलफीन महोत्सबको कार्यक्रम सकेर बुद्ध एयरबाट राजधानी आउने क्रममा केहि समय ढिला भएको मन्त्री भट्टराई स्वीकार गरे । तर, त्यँहा रहेका केहि समूहले त्यसलाई अन्यथा लिएर गाली गलौज थर्नथाले ।
उनले भने, घटनाको सम्पुर्ण विवरण फेसबुकको स्टाटसमा लेखेको छु । कार्यक्रम ढिला भएका कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगञ्जको अन्तिम उडानबाट काठमाडौं र्फकने क्रममा केही ढिला हुन गएको सत्य हो ।गालीगलौज गर्नेको नेतृत्व गर्नेमा नेपाललाई भ्रष्टाचार विरुधी नेता भनेर आफूलाई चिनाउने ज्ञानेन्द्र शाही देखिएका छन् उनले मन्त्री भट्टराईमाथि अपशब्द प्रयोग गर्दै गालीगलौज गरेको भनि मन्त्रीभट्टराईले नै आफ्नो फेुसबुकमा लेखेका छन् ।