अमेरिका : डोरियन आँधीका कारण बहामसमा पच्चिस सय मानिस अझै बेपत्ता

काठमाण्डु टुडे २०७६ भदौ २६ गते १२:२७ मा प्रकाशित

एजेन्सी,अमेरिका— गत हप्ता आएको शक्तिशाली डोरियन समुद्री आँधी कारण बहामसमा दुई हजार पाँच सय जना अझै हराइरहेका छन् । बहामसको आपतकालीन सेवा सम्वन्धी कार्यालयले आँधीपछि हराइरहेकालाई बेपत्ताको सुचिमा राखिएको जानकारी दिएको हो ।

आँधीका कारण पचास जनाको मृत्यु भैसकेको छ । वेपत्ता हुनेको संख्या धेरै रहेकाले मृतकको संख्या बढनसक्ने बताइएको छ । आँधी प्रभावित हजारौं मानिस अझै अत्यावश्यक सामाग्रीको प्रतिक्षामा रहेका छन् ।

बहामस आँधीले एबाको र ग्राण्ड टापुमा ठूलो क्षति पुगेको छ । अन्तर्राष्ट्रिय निकायहरुले आँधीले बहामसमा परमाणु बमले झैं क्षति पुर्यारएको बताएका छन् । बहमासका प्रधानमन्त्री हुबर्ट मिन्निसले डोरियनका कारण भएको क्षति भयानक र विनाशकारी रहेको बताएका छन्

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us