कुखुराको भालेको आक्रमणबाट वृद्धाको मृत्यु

काठमाण्डु टुडे २०७६ भदौ २१ गते १६:५६ मा प्रकाशित

जेन्सी– अष्ट्रेलियामा कुखुराको भालेले ठुँगेर एक ६७ वर्षीया वृद्धाको ज्यान गएको छ ।

घरमा पालेको कुखुराले वृद्धाको दे्रबे खुट्टामा ठुङ्दा अत्याधिक रक्तश्राव भएर उनको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

कुखुराको टोकाइबाट मानिसको मृत्युजस्तो आश्चर्यजनक घटना भएपछि त्यसबारे अध्ययन गर्न रोग विज्ञहरुको एक टोलीले त्यसको अध्ययन गरेको थियो ।

‘जर्नल फोरेन्सिक साइन्स’ नामको जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनले भालेले वृद्धाको देब्रे खुट्टामा आक्रमण गरेको र त्यसपछि अत्याधिक रक्तश्राव भएपछि वृद्धाको मृत्यु भएको उल्लेख छ । अध्ययनका अनुसार रक्तनली फुटेकाले रक्तश्राव रोकिएको थिएन ।

अनुसन्धानका क्रममा वृद्धा उच्च रक्तचाप, रगतमा अत्यधिक मात्रामा बोसो, मधुमेह र रक्तनली सुन्निनेजस्ता समस्याबाट ग्रसित थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us