ब्राजिलको जेलमा ग्याङफाइट ५२ जनाको मृत्यु, १६ को टाउको छिनेपछि…

काठमाण्डु टुडे २०७६ साउन १४ गते १०:४० मा प्रकाशित

ब्राजिलको अल्तामिरा जेलमा क्षमता भन्दा बढी अव्यवस्थित रुपमा राखिएको कैदीहरु बिच भएको झडपमा ५२ जनाको मृत्यु भएको छ। जेलको एउटा ब्लकबाट अर्को ब्लक कब्जामा लिई कैदीबन्दीहरूले आक्रमण सुरु गरेका थिए। कैदीबन्दीका दुई समूहबीच करिब पाँच घण्टा चलेको उक्त झडपमा कम्तिमा ५२ जना मारिएको बीबीसीले बताएको छ।

१६ जनाको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ भने जेलमा लगाइएको आगोमा निसास्सिएर अन्यको ज्यान गएको त्यहाँका अधिकारीले पत्रकार सम्मेलनमा बताए ।कैदीबन्दीहरूले जेलका दुई अधिकारीलाई पनि नियन्त्रणमा लिएका थिए। जेलमा एउटा ब्लकमा रहेका कैदीबन्दीले अर्को ब्लकमा आगो लगाएको समाचारमा जबताइएको छ।

ठूलो संख्यामा अव्यवस्थित किसिमले कैदीहरू राखिएका कारण घटना नियन्त्रणमा लिन प्रहरीले नसकेको जनाएको छ। २०० जना कैदी राख्ने क्षमता भएको यो करागारमा अहिले ३०९ जना राखिएको समाचारमा उल्लेख छ। घटनाको अनुसन्धानपछि दोषीहरूलाई अलग राखी कारबाही गरिने अधिकारीहरूले जनाएका छन्।

सन् २०१७ मा पनि ब्राजिला जेलमा रहेका कैदीका समूहबीच झडप हुँदा १२० जनाको मृत्यु भएको थियो। जेलमा अधिकांश लागुऔषध ओसारपसार र कारोबारसँग सम्बन्धित कैदीहरू हुने गर्छन्। जुन २०१६ सम्मको तथ्यांकअनुसार यहाँका जेलमा ७ लाख कैदी छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us