
काठमाण्डु, १४ साउन– गृह मन्त्रालयले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सरुवा गरेको छ ।
गृह मन्त्रालयको आइतबारको निर्णयअनुसार सुनसरी, सर्लाही, दैलेख, तेह्रथुम, सोलुखुम्बु, म्याग्दी, रुकुमपूर्व, प्यूठान, कालिकोट, ताप्लेजुङ, र मनाङका सिडिओको सरुवा भएको हो । सुनसरीको सिडिओमा सर्लाहीबाट कृष्णबहादुर राउतलाई पठाइएको छ । सर्लाहीमा मोहनबहादुर जिसीलाई कामु सिडिओको जिम्मेवारी दिइएको छ ।
दैलेखमा युवराज कट्टेल, सोलुखुम्बुमा वेधनिधि खनाल, तेह्रथुममा चन्द्रकला ओली, म्याग्दीमा ज्ञाननाथ ढकाल र पूर्वी रुकुममा वेधनिधि अधिकारी, प्यूठानका कृष्णप्रसाद पन्थ, कालिकोटमा कृष्णचन्द्र पौडेल, मनाङमा पुष्पराज पौडेल र ताप्लेजुङमा डोरेन्द्र निरौला सिडिओ भए