
काठमाण्ड,१३ साउन — विराटनगर-१ का मोतीराज दाहालको घरबाट नगद चोरी फरार भएका कटहरी गाउँपालिका- २० वर्षीय सुरज कामतलाई प्रहरीले पक्राउ गरेको छ । कामतले १३ लाख ५० हजार नगद चोरी फरार भएका थिए ।
पक्राउ परेका कामतबाट चोरी गरेको मध्ये ३ लाख ८१ हजार नगद र एक लाख ५ हजार पर्ने सामसुङको मोवाइलसमेत प्रहरीले बरामद गरको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा बरामद गरिएको मोवाइलसमेत कामतले चोरी गरेको रकमबाटै खरिद गरेको खुलेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।