कम्युनिष्ट सरकारले जेष्ठ नागरिकको छोराछोरीले सरह सेवा गरेको छ : भट्टराई

काठमाण्डु टुडे २०७६ साउन १२ गते १४:३४ मा प्रकाशित

भक्तपुर, १२ साउन —गरिबीनिवारण कोषकाउपाध्यक्ष निर्मल भट्टराईले बर्तमान सरकारले नेपालका सम्पूर्ण जेष्ठ नागरिकलाई छोरा छोरीले सरह सेवा गरिरहेको बताएको छ ।

अन्तराष्ट्रिय आमाबुवा दिवशको अवशरमा मध्यपुर युथक्लबले द्योमाँ जेष्ठ नागरिक आश्रमका जेष्ठ नागरिकलाई भोजन गराउने कार्यक्रममा सो कुरा बताएका हुन् । सामाजिक सुरक्षाको क्षेत्रमा वर्तमान सरकारले उल्लेखनिय काम गरिरहेको उनको कथन थियो । सोही कार्यक्रमा बोल्दै मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले जेष्ठ नागरिक आश्रमका लागिचाहिने थप भौतिक पूर्वाधारको व्यवस्था गर्न नगरपालिका कटिबद्ध भएर लागिरहेको जानकारी दिए ।

कार्यक्रममा नेपालपत्रकार महासंघ भक्तपुर शाखाका सभापति पुष्कर बुढाथोकी, क्लबका अध्यक्ष राजेन्द्र प्रजापति, अधिवक्ता शिवसुन्दर श्रेष्ठ लगायतले विश्व आमावुवा दिवशको शुभकामना दिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us