
एजेन्सी– जापानमा आइतबार बिहान शक्तिशाली भूकम्प गएको छ ।
जपानको होन्सु टापुमा आइतबार बिहान सबेरै ६.३ रेक्टर स्केलको भूकम्प गएको अधिकारीहरुले बताएका छन् । होन्सु जापानकै सबैभन्दा ठूलो र अधिक जनसंख्या भएको टापु हो । अमेरिकी भूगर्भ विभागका अनुसार जापानमा यो पछिल्लो केही वर्षयताकै शक्तिशाली भूकम्प हो । भूकम्पको केन्द्रविन्दु होन्सु टापुभन्दा दक्षिण ३७५.८ मिटरको गहिराइमा थियो । ठूलो भूकम्प आएपछि सुनामीको चेतावनी दिने गरिए पनि यसपटक अधिकारीहरुले त्यस्तो चेतावनी दिएका छैनन् । भूकम्पबाट मानवीय क्षति भने भएको छैन ।