प्रधानमन्त्री ओलीको वीरेन्द्र सैनिक अस्पतालमा स्वास्थ्य परीक्षण

काठमाण्डु टुडे २०७६ साउन १२ गते ९:०३ मा प्रकाशित

काठमाण्डु, १२ साउन- छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य परीक्षण गरिएको छ ।

शिक्षण अस्पतालमा कुनै कोठा खाली नभएपछि उनलाई सैनिक अस्पताल लगिएको प्रधानमन्त्री ओलीकी निजी चिकित्सक प्राडा दिब्यासिंह शाहले जानकारी दिइन् । ‘प्रधानमन्त्रीज्यूको नियमित स्वास्थ्य परीक्षण मात्रै गरिएको हो’ उनले भनिन्, ‘उहाँको रगत, दिसापिसावलगायत पेटको अल्ट्रासाउन्ड गरिएको छ ।’ उनको अब एउटा रिपोर्ट आउन बाँकी रहेको र बाँकी रिपोर्टमा स्वास्थ्य अवस्थामा सामान्य पाइएको उनको भनाइ छ । कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us