जब अस्पतालले बिरामी बन्धक बनायो

काठमाण्डु टुडे २०७६ साउन ११ गते ११:४३ मा प्रकाशित

झापा, ११ साउन- झापाको गौरादह -७ फोगटीका दुई महिला विराटनगरको नोबेल मेडिकल कलेजमा अलपत्र छन् । उपचार खर्च तिर्न नसक्दा उनिहरूलाई अस्पतालले जान दिएको छैन।

कल्पनाका पति लीलाबहादुर मोतेले असार २२ मा खुकुरी प्रहार गरेर घाइते भएका उनीहरूलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जले उपचारका लागि नोबेल अस्पतालमा भर्ना गरिदिएको थियो । उपचारपछि दुबै घर जानसक्ने अवस्थामा भएपनि खर्च नबुझाई निस्कन नपाएपछि अस्पतालमै अलपत्र छन् ।
दुबै जनाको बायाँ हात काटिएकाले प्लाष्टर गरिएको छ । टाउको र पाखुराको चोट क्रमशः निको भएका छन् । चिकित्सकले कल्पनालाई मङ्गलबार र आकृतिलाई बिहीबार डिस्चार्ज गरिदिएपनि उपचार खर्च नबुझाई अस्पतालले निस्कन नदिएको बताए ।
पैसा तिर्न नसकेर घर जान पाएनौं,’ आकृतिले भनिन, दुबै जनाको उपचार खर्च छुट गरेर एक लाख १० हजारको बील छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us