
काठमाण्डु, ९साउन -नेपाल प्रहरीका ४ सय ३७ जना प्रहरी निरीक्षक इन्सपेक्टरको सरुवा गरेको छ। प्रहरी प्रधानकार्यालयले बुधबार राती उनीहरुलाई सरुवा गरेको हो । उनीहरुमध्ये अधिकांश काज सरुवा भैसकेका छन् ।
साउन महिनाबाटै सेवासुविधा मिल्ने गरी देशभरका ४ सय ३७ प्रहरी निरीक्षकको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। कार्यालयद्वारा बुधबार जारी विज्ञप्तिमा सरुवा हुने प्रहरी अधिकारी र उनीहरुको काजसरुवा भएको स्थानका दरबन्दी कायम गरेको छ ।