बबरमहलमा डरलाग्दो दुर्घटना, स्कुटर चालकको ज्यान गयो

काठमाण्डु टुडे २०७६ असार २१ गते २२:४१ मा प्रकाशित

काठमाण्डु, २१ असार- काठमाण्डुको बबरमहलमा शनिबार साँझ ट्याक्सीले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार किशोरको ज्यान गएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा ओखलढुंगाको सुनकोशी गाउँपालिका–८ स्थायी घर भएका का १९ वर्षीय दीपक थापा छन् । बानेश्वरबाट माइतीघरतिर जाँदै गरेको बा२ज ११८८ नम्बरको ट्याक्सी र विपरीत दिशाबाट बानेश्वरतिर जाँदै गरेको बा८३प ४०३५ स्कुटर आपसमा ठोक्किएर दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

थापा स्कुटर पछाडि बसेका थिए । उनको घटनास्थलमै ज्यान गयो । स्कुटर चालक काभ्रे पनौती नगरपालिका–१० का रोहितसिंह ठकुरीको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल उपचार भइरहेको छ । प्रहरीले ट्याक्सी र ट्याक्सी चालक मिलन राईलाई नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us