भक्तपुर केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प

काठमाण्डु टुडे २०७६ असार २१ गते १६:५७ मा प्रकाशित

काठमाण्डु, २१ असार– शनिबार अपराह्न उपत्यका हल्लाउने गरी आएको भूकम्पको केन्द्रबिन्दु भक्तपुर रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार भक्तपुर केन्द्र भएर ४ दबमलब ६ रेक्टर स्केलको भूकम्प गएको हो । केन्द्रका अनुसार ४ रेक्टरभन्दा माथिका भूकम्पलाई ठूला भूकम्प मानिन्छ ।
अपराह्न ४ बजेर १५ मिनेटमा भूकम्पको शक्तिशाली झट्का महसुस गरिएको थियो । भारी वर्षात भइरहेका बेला भूकम्प गएपछि मानिसहरु घरबार निस्कनसमेत समस्या भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us