
काठमाण्डु, २१ असार–काँग्रेस नेता रामचन्द्र पौडेलले मिसन र भिजनबिनाका राजनीतिक पार्टीका कारण जनतामा वितृष्ण बढेको बताएका छन् ।
पौडेलले काँग्रेसले स्पष्ट मिसन र भिजनसहितको एजेण्डा अघि सारेर राजनीति गर्नुपर्ने औंल्याए । नेपालका कुनै पनि दलको स्पष्ट मिसन र भिजन नहुँदा राजनीतिलाई सम्मानित बनाउन नसकिएको उनको भनाइ थियो । ‘नेपालका दलमा स्पष्ट मिसन र भिजन भएन’, पौडेलले पार्टी सम्वद्ध नेविसंघले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले भने, ‘जबसम्म राजनीतिलाई सम्मानित काम हो भन्ने स्पापित गर्न सकिँदैन तबसम्म जनतामा अहिलेजस्तै वितृष्णा फैलन्छ ।’