स्वयम्भूमा दलाई लामाको जन्मदिन मनाउन रोक

काठमाण्डु टुडे २०७६ असार २१ गते ७:०३ मा प्रकाशित

काठमाण्डु, २१ असार गृह मन्त्रालयले तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामाको जन्मदिन मनाउन रोक लगाएको छ ।

तिब्बती समुदायले शनिबार काठमाण्डुको स्वयम्भूस्थित मुस्ताङ समाज गुम्बामा लामाको जन्मदिन मनाउन लागेको थियो । जन्मोत्सव मनाउन लाजिम्पाटस्थित तिब्बती शरणार्थी कार्यालयले मागेको अनुमति जिल्ला प्रशासन कार्यालय काठमाडौंले अस्वीकार गरेको हो । नेपालले एक चीन नीति अख्तियार गर्दै आएको छ । चिनियाँ उच्च अधिकारीसँग गरिने हरेकपटकको भेटवार्तामा नेपाल सबै तहका नेता तथा प्रशासकले दोहो¥याउने शब्द हो, ‘हामी एक चीन नीतिमा हामी प्रतिबद्ध छौं ।’ जिल्ला प्रशासनले चीनविरोधी गतिविधि गर्न नदिने भन्दै लामाको जन्मोत्सव मनाउने कार्यक्रम गर्न अनुमति नदिएको हो ।
प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले दलाई लामाको जन्मदिन मनाउन अनुमति नदिएको बताए । अन्नपूर्ण पोस्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us