
काठमाण्डु, २० असार– सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपामा आउन अपिल गरेको केही घटनाभित्रै समाजवादी पार्टीका बाबुराम भट्टराईले आफू सत्तारुढ नेकपामा नआउने जवाफ फर्काएका छन् ।
देवेन्द्र पराजुली, पराजुली पन्तिसमेत रहेकी पूर्वमन्त्री एवं नयाँ शक्ति पार्टीकी नेतृ कल्पना धमला लगायतलाई शुक्रबार नेकपा मुख्यालय धुम्बाराहीमा पार्टी प्रवेश गराउँदै प्रचण्डले ‘बाबुरामको व्यक्तित्व नेकपामा आवश्यक’ रहेकाले आउन भनेका थिए । प्रचण्डले बाबुरामको वौद्धिकताको अरु पार्टीमा काम नरहेको भन्दै कम्युनिष्ट आन्दोलनमै समाहित नभएसम्म बाबुरामको वौद्धिकता र पिएचडीको अर्थ नहुने अभिव्यक्ति दिएका थिए । बाबुरामले भने ट्विटरमार्फत प्रचण्डको भनाइको प्रतिवाद गरेका छन् ।
उनले चर्चित गुण्डा नाइकेको छवि बनाएका दीपक मनाङेलाई नेकपामा प्रवेश गराएको विषय जोडेर व्यंग्य गरे । कमरेड दीपक मनाङेजस्ता वौद्धिक भएको पार्टीमा अरु वौद्धिकको के काम ? भन्दै उनले प्रश्न गरेका छन् । भट्टराईले नेपाल कम्युनिष्ट पार्टीलाई ‘कमाउनिष्ट’ को संज्ञासमेत दिएका छन् । ‘कमरेड दीपक मनाङे जस्ता ‘वौद्धिक’ भएको ‘कमाउनिष्ट’ पार्टीमा अरू वौद्धिकहरू पनि आवस्यक पर्छ ?’ उनले प्रश्न गरेका छन् ।