काठमाण्डु महानगर उपप्रमुख खड्कीलाई हृदयघात, नर्भिकमा उपचार हुँदै

काठमाण्डु टुडे २०७६ असार २० गते १५:१६ मा प्रकाशित

 

काठमाण्डु, २० असार – काठमाण्डु महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्कीलाई हृदयघात भएको छ ।
काठमाण्डु महानगरपालिका वडा नं १६ का वडाघ्यक्ष मुकुन्द रिजालका अनुसार खड्कीलाई हृदयघात भएपछि अहिलेर नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
घरमै सुतिरहेका बेला उनलाई मुटुमा समस्या देखिएपछि अस्पताल लगिएको थियो । अहिले उनको सीसियुमा राखेर उपचार भइरहेको च । चिकित्सकहरुले उनको एन्जियोग्राम गर्ने तयारी थालेको जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us