
काठमाण्डु, २० असार महिला शक्ति महासंघले संगठनकी केन्द्रीय अध्यक्ष मनु हुमागाईंलाई कारबाही गरेको छ ।
यस्तै हुमागाईंलाई हटाएपछि खाली भएको अध्यक्ष पदमा भगवति सुवेदी चयन भएकी छन् । महासंघको शुक्रबार राजधानीमा बसेको बैठकले संगठनको हितविपरीत काम गरेको आरोपमा साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । महिला शक्ति महासंघ तत्कालीन नयाँ शक्ति निकट महिला संगठन हो । संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच एकीकरण भएर समाजवादी पार्टी बने पनि भातृ संगगठ अझै छुट्टै छन् । स्रोतका अनुसार सत्तारुढ नेकपा प्रवेशको तयारी गरेका कारण हुमागाईंमाथि कारबाही भएको हो । फोरमसँग पार्टी एकीकरण भएकामा असन्तुष्ट उनी त्यसयता निस्क्रिय थिइन् ।