
काठमाण्डु, २० असार ‘प्रधानमन्त्रीज्यू, मेरो स्कुटरको पछाडि बसेर वनस्थली जाऊँ, अनि थाहा हुन्छ, काठमाण्डुमा मास्क लगाउनुपर्छ कि पर्दैन’, प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बिहीबारको बैठकमा नेपाली कांग्रेस सांसद रंगमती शाहीले भनिन्, ‘अनि थाहा हुन्छ, काठमाण्डुको अवस्था कस्तो छ भनेर ।’
सांसद शाहीले प्रधानमन्त्री केपी ओलीले आफू प्रधानमन्त्री भएपछि काठमाण्डुमा मास्क लगाउनुपर्ने बाध्यता हटेको भनी दिएको अभिव्यक्तिप्रति व्यंग्य गरेकी हुन् । उनले थपिन्, ‘एसी लगाएको गाडीको कालो सिसाबाट हेरेर काठमाण्डुमा मास्क लगाउनुपर्दैन भनेर हुँदैन । प्रधामन्त्रीज्यू मेरो स्कुटीको पछाडि बस्नुस् । म स्कुटी चलाउँछु, तपाईं मास्क नलगाई सिंहदरबारबाट वनस्थली पुग्न सक्नुहुन्छ कि हुँदैन, अनि थाहा हुन्छ यहाँको वास्तविकता ।’ नागरिक दैनिकबाट