
काठमाण्डु, १९ असार– बहुचर्चित सुडान घोटाला प्रकरणमा दोषी ठहर नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रमेश चन्द ठकुरी जेल गएका छन् ।
तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीसहितको पूर्ण इजलासले दुई वर्षअघि संयुक्त राष्ट्रसंघीय शान्तिम मिसनमा सुडान गएको प्रहरी टोलीका लागि बन्दोबस्तीका सामान खरिदमा घोटाला गरेको ठहरसहित दोषी किटान गरेपछि चन्द फार थिए । उक्त प्रकरण सुडान घोटालाका नाममा प्रचलित छ । तर, उनले बिहीबार आफैं सर्वोच्च अदालत गएर आत्मसमर्पण गरे । सर्वोच्चले उनलाई बिहीबारै डिल्ली बजार कारागार चलान गरेको छ । सर्वोच्चले ठकुरीसहित प्रहरीका पूर्वमहानिरीक्षकहरु ओमविक्रम राणा, हेमबहादुर गुरुङ, एआईजी दीपकसिंह थाङदेन, डिआईजी डीआईजी दीपक श्रेष्ठलगायतर्ला दोषी किटान गरेको थियो । ती चारैजना अहिले डिल्लीबजार कारागारमा छन् ।
ठकुरीलाई एक वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको फैसला भएको छ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०६८ जेठ २४ मा तीन पूर्वप्रहरी महानिरीक्षकसहित ३४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २८ करोड ८१ लाख रुपैयाँ घोटाला भएको दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो । आयोगले तीन पूर्वप्रहरी प्रमुखसहित ३४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । फैसलामा ठकुरीको पालामा सामान ढुवानी नभए पनि गुणस्तरहीन सामान खरिद भएको जान्दाजान्दै भुक्तानी दिएकाले दोषी पाइएको उल्लेख छ । आत्मसमर्पण गर्नुअघि ठकुरीलाई सुरक्षाकर्मीले सलाम हानेका थिए । तर, पछि उनीहरुले नै नियन्त्रणमा लिएर कारागार लगे ।