इपिएस पास गरेका आधामात्र कोरिया जान पाउने

काठमाण्डु टुडे २०७६ असार १९ गते १६:५० मा प्रकाशित

काठमाण्डु, १९ असार- वैदेशिक रोजगारीको लागि दक्षिण कोरिया जान यसपालि भाषा परीक्षामा पास हुनेमध्ये आधामात्र जान पाउने भएका छन्। यो वर्ष परीक्षामा पास भएका १२ हजार ९ जनामध्ये दक्षिण कोरियाले ६ हजार ७ सय मात्र कामदार लैजाने इपिएस साखा सूचना अधिकारी शोभाकर भण्डारीले जानकारी दिए।

यो वर्ष दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्रमा ४ हजार ७ सय र कृषि मूलक क्षेत्रमा २ हजार कामदार लैजाने त्यहाँको मानव संशाधन केन्द्रले हामीलाई जानकारी दिएको छ,’ उनले सेतोपाटीसगँ भने, उत्पादनमूलक क्षेत्रमा ९ हजार १ सय ३३ र कृषिमूलक क्षेत्रमा २ हजार ८ सय ७६ जनाले नाम निकालेका थिए।’ भदौ ४ देखि १८ गतेसम्म सीप परीक्षण दक्षिण कोरिया जान पाउने-नपाउने निश्चित गर्ने भण्डारीले जानकारी दिए।
सीप परीक्षणको लागि असार २० देखि २९ गतेसम्म रजिस्ट्रेसन फारम भरिसक्नु पर्ने इपिएस शाखाले जनाएको छ।पछिल्लो समय दक्षिण कोरियाले विदेशी कामदारको लागि भाषासँगै सीपमा पनि जोड दिँदै आएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us