
काठमाण्डु १९ असार– भारतले आफ्नो मुलुकबाट भित्रिने विषादीयुक्त फलफूल तथा तरकारीको नेपाली पक्षले सीमानामा चेकजाँच कडा पारेकामा आपत्ति जनाएको छ ।
नेपालस्थित भारतीय दूतावासले पत्र लेखरै परराष्ट्र मन्त्रालयलाई त्यसको कारण सोधेको हो । एक्कासि चेकजाँच कडा पारेकाले पत्र पठाइएको लैनचौरस्थित दूतावासका प्रवक्ता अभिषेक दुवेले बताए । भारतले नेपालबाट जाने तरकारी र फलफूलमा आफूहरुले चेकजाँच नगरेको तर्क गर्दै भातरबाट आउनेको पनि नगर्न भनेको छ । सरकारले गत असार पहिलो सातादेखि भारतीय तरकारी र फलफूलमा चेकजाँच गर्ने निर्णय गरेको थियो । तर, जनशक्ति र उपकरण अभावमा सिमा क्षेत्रकाट नमुना ल्याएर विषादी परीक्षण गरी लैजानुपर्ने अवस्था छ । जसका कारण सिमानामा ट्रकका ट्रक तरकारी र फलफूल सडेर गएका छन् भने मागको तुलनामा आपूर्ति कम हुँदा तरकारी र फलफूलको मूल्य आकासिएको छ ।