
काठमाण्डु, १९ असार-अत्याधुनिक हतियार र गोलीसहित प्रतिबन्धित नेत्रविक्रम चन्द ँविप्लव’ समूहका जिल्लास्तरीय एक कार्यकर्ता संखुवासभाको मेवाखोलाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा निमदोर्जे तामाङ छन् । तामाङको साथबाट अत्याधुनिक हतियार एसएलआर एक थान, ११० राउन्ड गोली, एसएलआर र एलएमजीको एक-एक म्यागजिनसमेत बरामद भएको आइएजीपी सचिवालयका एसपी रमेश थापाले जानकारी दिए ।