३८ व्यक्ति सवार रहेको डुङ्गा पाकिस्तानमा दुर्घटनामा, ४ जनाको मृत्यु

काठमाण्डु टुडे २०७६ असार १९ गते १५:४१ मा प्रकाशित

काठमाण्डु, १९ असार– पेसावर– उत्तरपश्चिम पाकिस्तानमा खैबर पाख्तुनख्वा प्रान्तमा रहेको इनडुस नदीमा शाङगलाबाट हारीपुर गइरहेको ३८ व्यक्ति सवार रहेको  डुङ्गा दुर्घटना हुदा कम्तीमा चार जनाको मृत्यु हुनुको साथै अन्य २१ जना भने अझै पनि बेपत्ता रहेका छन् । ती मध्ये १३ जनाले भने पौडी खेलेर ज्यान बचाएका छन् ।

‘भाग्यबस कसैलाई जिवीतै उद्धार गर्न सकिन्छ भन्ने आशामा उद्धारकार्य जारी राखिएको उद्धारकार्यका संलग्न अधिकारीहरुले बताएका छन् । दुई महिला र दुई बालबालिकाको शव नदीबाट निकालेको जाहिदले बताएका छन् । उद्धारकार्य अझै पनि जारी रहेको तर जिवीतै उद्धार गर्ने सम्भावना अत्यन्त कम रहेको पनि जाहिदले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us