
काठमाण्डु, १९ असार– बुधबार बेलुकी ८ बजे खाना खाँदै गरेका धाडिङ बेनिघाट रोराङ गाउँपालिका ८का सदस्य रामजी चेपाङमाथि इन्द्र बहादुर चेपाङले गोली प्रहार गरि भागेको, रोराङ ७ का अध्यक्ष हिरालाल थपलियाले जानकारी दिए।
चिन्ताजनक अवस्थामा रहेका रामजीलाई भारुवा बन्दुकको गोलीले टाउकोमा लागेको छ । उनको काठमाडौँ मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।
आफ्नो घर छोडेर जंगलमा बस्दै आएका इन्द्रलाई चौपायाको हत्या गर्नेदेखि महिलाहरुमाथि दुव्र्यवहार ,बलत्कार तथा अन्य अभद्र कार्यहरुको अभियोगको आरोप समेत लागेको छ।‘इन्द्रले वडा ८ का सदस्य रामजीलाई पहिल्यै देखि नै रिस गर्थे’ वडा ५ का अध्यक्ष रोशन कुमार सिलवालले भने। उनको खोजी कार्य तिव्र रुपमा भइरहेको थपलियाले बताए।