
काठमाण्डु, १९ असार– जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को अन्तिम स्वीकृति आएपछि काठमाडौंको नागढुंगादेखि धादिङको सिस्ने खोलासम्म सुरुङ मार्ग निर्माणका लागी १५ अर्बमा सम्झौता हुने सडक विभागले बताएकको छ ।सडक विभागका सूचना अधिकारी अर्जुन सुवालले भने, ‘हामीले आफ्नो तर्फबाट मूल्यांकन गरेर जाइका स्वीकृतिको लागि जापान पठाएका छौं,’ ‘उनीहरूले तेस्रो पक्षसँगको छलफल गरेर स्वीकृतिको लागि अन्तिमपत्र पठाउँछन् ।’
उनले भने‘अर्को हप्तासम्म जाइकाको मूल्याङ्कन स्वीकृतिसहितको पत्र आउने विश्वास छ,’ जाइकाको अन्तिम स्वीकृति आएपछि ठेक्का सम्झौताको काम अघि बढाउछाै । ‘सुरुङमार्ग आयोजना प्रमुख श्याम प्रसाद खरेल चालू आर्थिक वर्षमा नै ठेक्का सम्झौता हुनेमा विश्वस्त रहेको बताउँछन् ।‘अर्को हप्तासम्ममा जाइकाको स्वीकृति आयो भने तुरुन्तै ठेक्का सम्झौता हुन्छ,’ खरेलले भने, ‘यही वर्ष सम्झौता भएन भने साउन पहिलो हप्ता ठेक्का सम्झौता हुन्छ।’ ‘अन्तिम लागत भने ठेक्का सम्झौता पछि मात्रै थाहा हुन्छ,’ खरेलले भने।ठेक्का सम्झौता भएको ४२ महिनामा काम सक्ने गरी तयारी भएको उनले प्रष्ट पारे ।
मुअब्जाका वितरणमा स्थानीयको अवरोध
सुरुङमार्ग निर्माणस्थलको मुआब्जा वितरणमा पनि समस्या देखिएको छ। सुरुङ मार्गको पश्चिमी भागतर्फ धादिङको सिस्नेखोलाका स्थानीयले मुआब्जा वितरणमा अवरोध गरेका हुन्।‘काठमाडौंको मूल्य मागेपछि मुआब्जा वितरणको काम रोकिएको छ,’ आयोजना प्रमुख खरेलले भने, ‘हामीले प्रचलित मूल्यभन्दा निकै बढी दिएका छौं तर उहाँहरू काठमाडौंकै मूल्य माग्नुहुन्छ।’अहिले विभागले काठमाडौंमा बाटो नपुगेको जग्गालाई प्रतिआना ९ लाख दिएको छ र धादिङमा भने प्रतिआना ७ लाख प्रस्ताव गरेको थियो।
‘मुआब्जा सम्झौताको लागि गाउँपालिकाको अध्यक्ष चाहिन्छ तर उहाँ छलफलमा आउन सक्नुभएको छैन, त्यसैले मुआब्जा वितरण रोकिएको छ, ’ उनले भने ।यता काठमाडौं तर्फको मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको छ।‘बैंकमा भएको जग्गा र समस्यामा रहेको जग्गा बाहेक सबैलाई मुआब्जा दिइसक्यौं,’ खरेलले भने।घर हटाउनु पर्नेलाई पनि ५० प्रतिशत दिइसकेको उनले प्रष्ट पारे। घर भत्काउनु पर्ने ठाउँमा घर भत्काउनु पूर्व ५० प्रतिशत र घर भत्काएको जानकारी गरेपछि ५० प्रतिशत मुआब्जा दिने खरेलले बताए ।