सुनकोशी नदीमा युवक बेपत्ता

काठमाण्डु टुडे २०७६ असार १ गते १३:४४ मा प्रकाशित

खोटाङ, १ असार – दिप्रुङ चुईचुम्मा गाउँपालिका–४, बतासे नाप्तीकुका ललिन्द्र राई पुलबाट हाम फालेर सुनकशीमा बेपत्ता भएका छन् ।

उदयपुरको बलम्तामा आफन्तको घरमा पुगेर घर फर्कने क्रममा राईले बतासे र उदयपुरको लिङचुङबुङ गाउँपालिका जोड्ने भँडारेघाटमा पुलबाट सुनकोशीमा हाम फालेर बेपत्ता भएका हुन् ।

श्रीमतीसँगै घर फर्किरहेका समयमा राईले आइतबार पुलबाट हाम फालेको बतासेका वडाध्यक्ष लोकेन्द्र राईले बताए ।

राईले हाम फाल्नुको कारण खुल्न सकेको छैन । बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कट्वालले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us