
काठमाण्डु, १ असार – प्रधानमन्त्री केपी शर्मा ओलीलाई देखाउने उद्देश्यसहित कालो झण्डा लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गर्न खोज्ने तरुण दलका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रधानमन्त्री ओलीलाई विमानस्थलमा कालो झण्डा देखाउन खोज्ने तरूण दल काठमाण्डुका सचिव दिनेशविक्रम शाहसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । फक्राउ परेका दुवै जनलाई महानगरीय प्रहरी वृत्त बानेश्वर लगिएको प्रहरीले जनाएको छ ।