सरकार चोकै–चोकको विशाल राजमार्गमा हिँडेको छः सञ्चारमन्त्री

काठमाण्डु टुडे २०७६ जेठ ३० गते १७:१९ मा प्रकाशित

काठमाण्डु, ३० जेठ – सरकारले गुठी सामन्तवादसँग जोडिएको भन्दै यसको समस्या पनि समाधान गर्न सरकार लागिपरेको बताएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नियमित पत्रकार सम्मेलनमा गुठी, हलिया, कमलरीप्रथा सामन्तवादसँग जोडिएको उल्लेख गर्दै त्यहाँ रहेका समस्या पनि समाधानको प्रयास गरेको बताए ।

‘हामीले सामन्तवादलाई अन्त्य गर्ने कि नगर्ने ?’ मन्त्री बाँस्कोटाले भने, ‘गुठी, हलिया, कमलरीले सामन्तवादको आर्थिक र राजनीतिक चरित्रको प्रतिनिधित्व गर्छ । किसानका भूमिसँगको समस्या समाधान गर्ने कि नगर्ने ? भूमिहीन किसानको समस्या समाधान गर्ने कि नगर्ने ?’

उनले गुठीको समस्या काठमाडौं उपत्यका र बाहिर फरक फरक रहेकाले सरकारले समाधान गर्ने बताए ।

उनले सरकार चोकै चोक रहेको विशाल राजमार्गमा हिँडेकाले कहिलेकाहीँ समस्या आउने बताए । ‘कानुन नभए बनेन भन्नुहुन्छ ?’ उनले भने, ‘यो परिवर्तन एकप्रकारको छलाङ पनि हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us