मल नपाएका किसानहरूका लागि खुसीकाे खबर !

काठमाण्डु टुडे २०७६ जेठ ३० गते १७:०३ मा प्रकाशित

काठमाण्डु, ३० जेठ – सरकारले भारत सरकारसँग सिधै रासायनिक मल खरिद गर्ने निर्णय गरेको छ । जि टु जि माध्यमबाट मल खरिद गर्न कृषि मन्त्रालयलाई स्वीकृत दिइएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

सरकारले मल समयमै मल खरिद गर्न नसक्दा किसानले मल पाएका थिएनन् । मकै लगाउने समय घर्की सकेको तथा धान बाली लगाउने समय आइसक्दा पनि मल उपलब्ध नहुँदा देशभरका किसानहरु चिन्तित बनेका छन् ।

सार्वजनिक खरिदको प्रक्रियाबाट जाँदा समयमै मल ल्याउन सम्भव नहुने भन्दै कृषि मन्त्रालयले भारत सरकासँग सिधै खरिद गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us