गाडी र ट्याक्सीकाे भाडा बढ्यो

काठमाण्डु टुडे २०७६ जेठ ३० गते १६:४६ मा प्रकाशित

काठमाण्डु, ३० जेठ – सरकारले असार १ गतेबाट लागु हुने गरी सार्वजनिक यातायातको भाडा बढाएको छ ।

file photo

छोटा तथा लामा दूरीका बस, मिनिबस, माइक्रोबस, ट्रक टेम्पो लगायत सबैखाले सार्वजनिक गाडीमा अधिकतम १२ प्रतिशतसम्म भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

वैज्ञानिक भाडादरको प्रावधानअनुसार सवारी साधनको मूल्य, इन्धनको मूल्य, गाडीका उपकरणको मूल्य, श्रमिकको ज्यालादरलगायतलाई आधार मानेर १२ प्रतिशत भाडा बढाइएको विभागले जनाएको छ ।

बिहीबार यायायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र सुरक्षा निकायका प्रमुखलगायतसँग छलफल गरी भाडादर समायोजन गरिएको विभागका प्रवक्ता तीर्थराज खनालले जानकारी दिए । अब असार १ गतेदेखि काठमाण्डु उपत्यकाको सार्वजनिक गाडीमा ४ किलोमिटर सम्मको न्यूनतम भाडा १४ रुपैयाँबाट बढेर १६ रुपैयाँ पुगेको छ ।

यस्तै ट्याक्सी भाडा पनि बढेको छ । अब सुरुको एक किलो मिटरसम्म ५० रुपैयाँ र त्यसपछि प्रति २ सय मिटरमा ८ रुपैयाँ ८० पैसाका दरले भाडा बढ्दै जानेछ ।

यसअघि सुरुको एक किलोमिटरमा ३९ रुपैयाँ भाडादर रहेको छ । यसअघि गएको असोजमा पनि सार्वजनिक गाडीको भाडा १० प्रतिशतले बढाइएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us