सांग्रिला होटल नजिकै शिशुको शव झोलामा भेटियो

काठमाण्डु टुडे २०७६ जेठ ३० गते १६:४१ मा प्रकाशित

काठमाण्डु, ३० जेठ – राजधानीको लाजिम्पाटमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक शिशुको शव फेला परेको छ ।

बुधबार राती सांग्रिला होटल पछाडिको सडक किनारमा घाँटी रेटेर हत्या गरेको अवस्थामा शिशुको शव झोलामा भेटिएको महानगरीय प्रहरी वृत लैनचौरका प्रमुख सन्तोष सिंह राठौरले जानकारी दिए ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us