२० वर्षको सजाय पाएका चौधरी ३० वर्षपछि पक्राउ !

काठमाण्डु टुडे २०७६ जेठ ३० गते १६:३७ मा प्रकाशित

काठमाण्डु, ३० जेठ – ३७ वर्ष अघि ब्यक्ति हत्यामा संलग्न बाराका एक अभियुक्त पक्राउ परेका छन् ।

बारा जिल्लाको साविक मधुरी जब्दी गाउ पंचायत वडा नं–३ हाल महागढीमाई नगरपालिका वडा नं–११ मधुरी टोल बस्ने बिरबहादुर चौधरी सोही स्थानका सुकदेव साह सोनारको विस २०३९ साल जेठ ८ गते शनिबार हत्या गरेको आरोपमा पक्राउ परेका हुन् ।

चौधरीसमेतको संलग्नतामा सोनारलाई घरबाट बोलाई लगी सोही राति निजको घाटी रेटी हत्या गरेर मृतकको लाश गाउँ नजिकै रहेको डेरा नदीमा फालेको प्रहरीले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दामा तत्कालिन मध्यमान्चल क्षेत्रीय अदालत हेटौंडाको मिति २०४३ फागुन १९ गते र सर्वोच्च अदालतको मिति २०४५ असोज १७ गतेको फैसलाले निज प्रतिवादी बिरबहादुर चौधरीलाई जन्म कैद (२० वर्ष) हुने ठहरी फैसला भएकोमा फरार रहेका निज बीर बहादुर चौधरी थारूलाई मंगलबार प्रहरीले पक्रेको हो ।

चौधरीलाई लागेको कैद भुक्तानको लागी बिरगंज कारागार पठाईएको छ।

सोही मुद्धामा सर्वश्व सहित जन्मकैद हुने ठहरी फैसला भएका प्रतिवादी पलट साह सोनार गत २०७५ भदौ ५ गते पक्राउ परी हाल सोही कारागारमा कैद भुक्तान गरि रहेका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us